Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पछिल्लो ६ घण्टामा कीर्तिपुरमा सबैभन्दा धेरै वर्षा, उपत्यकाका विभिन्न स्थानमा वर्षा मापन

  •   २ वर्ष अघि | २८ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत २८ । देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो केही घण्टादेखि देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको र विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा एकदुई स्थानमा भारी वर्षा भएको छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सक्रिय मौसमी प्रणालीका कारण निरन्तर वर्षा भइरहेको हो। बाँकी प्रदेशहरूमा पनि छिटपुट रूपमा वर्षा भइरहेको छ।

१२ घण्टा यताका प्रमुख वर्षायुक्त क्षेत्रहरू

पछिल्लो १२ घण्टाको वर्षा विवरणअनुसार सबैभन्दा धेरै वर्षा इलाम, सर्लाही, पर्सा, रौतहट र सप्तरीमा मापन गरिएको छ। यद्यपि यी क्षेत्रमा हाल वर्षाको तीव्रता केही घटेको छ।

उपत्यकामा कीर्तिपुर अगाडि

काठमाडौं उपत्यकामा आज बिहानदेखि नै हल्का वर्षा जारी छ। बिहान ७ देखि ८ बजेसम्मको एक घण्टाको अवधिमा उपत्यकामा चार मिलिमिटर वर्षा मापन गरिएको थियो। पछिल्लो ६ घण्टाको तथ्यांकअनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २६.३ मिलिमिटर वर्षा मापन गरिएको छ।

अन्य क्षेत्रहरूको विवरण यसप्रकार छ:

बबरमहल : ८.२ मिमी

ललितपुरको गोदावरी : १५ मिमी

टीकाथली : ५.५ मिमी

साँखु : १.६ मिमी

सुन्दरीजल : २.८ मिमी

पाँचपोखरी : ७.२ मिमी

मौसमविद् लामिछानेका अनुसार काठमाडौं उपत्यकामा दिनभर केही समय पानी पर्ने र केही समय रोकिने क्रम जारी रहनेछ।

वर्षाको प्रमुख कारण– पश्चिमी, स्थानीय वायु र बंगालको असर

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ। यही मौसमी प्रणालीका कारण देशभर वर्षा भइरहेको विभागले जनाएको छ।


  • Jigyasa media

थप