Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

वर्षा रोकिएसँगै काठमाडौँ फेरि वायु प्रदूषणको चपेटामा, विश्वकै सातौँ प्रदूषित सहर

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

काठमाडौँ, चैत ३१ – केही दिनयता घट्दै गएको वायु प्रदूषण वर्षा रोकिएलगत्तै काठमाडौँ उपत्यकामा पुनः तीव्र रूपमा बढ्न थालेको छ। शनिबारसम्म सुधारको संकेत देखिएको वायु गुणस्तर फेरि खस्कँदै विश्वको सातौँ सर्वाधिक प्रदूषित सहरको सूचिमा काठमाडौँ पुगेको छ।

नेपाली समय अनुसार आइतबार बिहान ९:४५ बजे काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १५३ मापन गरिएको छ। यो स्तर ‘अस्वस्थ’ मानिन्छ र दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धाका लागि स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।

केही दिन अघि मात्रै, चैत २७ गते काठमाडौँ सहरले विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थान ओगटेको थियो। त्यसपछिका दिनमा परेको वर्षा र चलेको हावाहुरीका कारण चैत २८ गते AQI सूचीमा काठमाडौँ ४२औँ स्थानमा झरेको थियो। तर, शनिबारदेखि वर्षा र हावाहुरी रोकिएपछि फेरि प्रदूषणले विकराल रूप लिएको छ।

वातावरणविद्हरूको भनाइमा, पानी पर्नासाथ वायुमण्डलको धुलो-कण जमिनमा झर्ने भएकाले प्रदूषण घट्छ, तर मौसम स्थिर भएसँगै धुलो र धुवाँ फेरि हावामा मिसिएर वायुको गुणस्तर खराब बनाउँछ।

स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा घरबाहिर ननिस्कन, मास्कको प्रयोग गर्न, पानी प्रशस्त पिउन र नाक–मुख ढाकेर यात्रा गर्न सुझाव दिएका छन्।

सरकार र सम्बन्धित निकायले प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउनुपर्ने जनस्तरबाट माग तीव्र बन्दै गएको छ।

  • Jigyasa media

थप