Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बंगालको खाडीबाट भित्रिँदै जलवाष्प : काठमाडौंसहित देशका थुप्रै स्थानमा वर्षाको तयारी!

  •   १ वर्ष अघि | १३ बैशाख २०८२, शनिबार

काठमाडौं, वैशाख १३ । आइतबारदेखि देशका विभिन्न भूभागमा मौसमले नयाँ मोड लिन लागेको छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रँदै गर्दा कोसीदेखि गण्डकी प्रदेशसम्म विशेषगरी वर्षाको सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार, आइतबार बिहानैदेखि आकाशमा बदली छाउनेछ भने दिउँसोको समयमा हल्कादेखि मध्यम स्तरको वर्षा हुने अनुमान गरिएको छ। सोमबार वर्षाको प्रभाव झन् बढ्ने संकेत देखिएको उनले जानकारी दिइन्।

"आइतबार हल्का पानी पर्नेछ, सोमबार भने मध्यम वर्षा हुने सम्भावना छ," महर्जनले बताइन्, "जलवाष्पयुक्त हावा र पश्चिमी वायु सक्रिय बन्दै छन्, जसले हावाहुरी, चट्याङ र मेघगर्जनसहित वर्षा गराउन सक्छ।"

कता कति वर्षा?

गण्डकीदेखि पश्चिमतर्फका केही स्थानमा पनि वर्षाको सम्भावना रहेपनि, कोसीदेखि गण्डकीसम्मको क्षेत्रमा अपेक्षाकृत बढी प्रभाव देखिएको छ।

हाल देश प्रि-मनसुन अवधिमा रहेको हुँदा, दिउँसो र अपराह्नको समयमा स्थानीय र पश्चिमी वायुले वर्षाको सम्भावना थप बढाएको मौसमविद्हरू बताउँछन्।

काठमाडौंमा पनि वर्षा

राजधानी काठमाडौंमा आइतबार खण्डित वर्षाको पूर्वानुमान गरिएको छ। सोमबार भने वर्षाको सम्भावना झनै प्रबल रहने देखिएको छ। "आइतबार आंशिक वर्षा सम्भावना भए पनि सोमबार तुलनात्मक रूपमा बढी वर्षा हुन सक्छ," महर्जनले भनिन्।

कस्तो खालको वर्षा?

वैशाखको पहिलो साता जस्तै योपटक पनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावमा देश प्रभावित हुँदैछ। तर मनसुन जस्तो निरन्तर झरी भने नपर्ने बताइएको छ।

"मनसुनजस्तो लामो वर्षा होइन, दुई–तीन घण्टासम्म लगातार पानी पर्ने/रोकिने प्रणाली देखिन्छ," महर्जनले थपिन्।

वर्षासँगै देशभर केही दिनयता भइरहेको असह्य गर्मीमा पनि कमी आउने अपेक्षा गरिएको छ।

  • A

थप