Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

  •   २ वर्ष अघि | २५ असार २०८१, मङ्लबार

जानकी । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्क जस्तै थिए ।

तर, जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे । यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन् । यसबारे जानकारी पाएपछि उनी छाँगाबाट खसे जस्तै भए ।

‘गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन्, माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुन सकेन, त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ, श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन्’, ठकुरीले भने ।

ठकुरीले दिएको जानकारी अनुसार उनकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन् । बुझ्दै जाँदा नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले (तीस) ३० हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ ।

‘श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ, त्यही सूचनाको आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो’, गणेशले सुनाए, ‘सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उहाँले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नुभएको थियो ।’

सामाजिक सञ्जालमा राखिएको तस्बिर अनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए । ‘उहाँलाई श्रीमतीले जति सक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ, तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ’, उनले गुनासो गरे ।

सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गरे । ‘यस खबरले हामी पनि चकित भएका छौँ, उहाँकी श्रीमती हामीले चिनेकी र राम्रो छवी भएकी महिला हुन्, तर कसरी भुटानमा बेचिनुभयो ? हाम्रा लागि पनि खोजी र चासोको विषय बनेको छ’, वडाध्यक्ष थारुले भने, ‘खबर पाएदेखि खोजतलासका लागि चारैतिर पहल गरिरहेका छौँ, तर सफल भएका छैनौँ ।’

उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए । ‘वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ, अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ’, उनले भने ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले ‘श्रीमती लापत्ता भएको र खोजी गरी पाऊँ’ भनि ऊजुरी प्राप्त भए पनि भुटानमा बेचिएको बारेमा लिखित जानकारी नआएको बताए । भूटानमा बेचिएको वा बन्दी बनाएको उजुरी आएमा प्रहरीले तदारूकताका साथ सोधिखोजी गर्ने पनि उनले जानकारी दिए ।– रासस

  • RSS

थप