Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

१७औँ नगरसभा मार्फत, काभ्रेको पहिलो बजेट ल्याउने पालिका बन्यो धुलिखेल नगरपालिका

‘एक घर, एक धारा’, ‘एक वडा, एक डिजिटल विद्यालय’सहित १ अर्ब १८ करोडको नीति तथा कार्यक्रम घोषणा

  •   ११ महिना अघि | ५ असार २०८२, बिहिबार

शुकदेव थपलिया काभ्रे ।, असार ५  ।काभ्रेपलाञ्चोकका १३ वटै पालिकामध्ये आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्ने पहिलो स्थानीय तहको हैसियत कायम राख्दै धुलिखेल नगरपालिकाले बिहीबार सम्पन्न १७औँ नगरसभाबाट १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख अशोक कुमार व्याञ्जुले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नगर उपप्रमुख निराजन जंगमले चालू आर्थिक वर्ष ०८१/८२ को प्रगति समीक्षा प्रस्तुत गरेका थिए। नगरसभा नगरसभा सदस्य, नगरकार्यपालिका सदस्य, विषयगत समितिका संयोजकहरू, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको विशेष समारोहमा सम्पन्न भएको हो।
 बजेटका प्रमुख प्राथमिकता क्षेत्रमा धुलिखेल नगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्यमशीलता, सूचना प्रविधि र वातावरण संरक्षणलाई प्राथमिकता दिएको छ। नगर प्रमुख व्याञ्जुले धुलिखेललाई "आधुनिक, समावेशी र सुशासित नगर बनाउने" मूल उद्देश्यका साथ बजेट विनियोजन गरिएको उल्लेख गरे।

एक घर, एक धारा कार्यक्रम : आगामी आवभित्र सम्पूर्ण घरधुरीमा खानेपानी विस्तार गरिने, एक वडा, एक डिजिटल विद्यालय : प्रविधिमैत्री शिक्षा प्रवाह सुनिश्चित गरिने, एक वडा, एक उत्पादन कार्यक्रममार्फत कृषि क्षेत्रमा विविधीकरण, स्मार्ट सिटी अवधारणाअनुरूप डिजिटल सेवा प्रवाह र प्रशासन सुधार
युवा लक्षित सीप विकास र रोजगारी सिर्जना कार्यक्रम, सार्वजनिक जग्गा संरक्षण, खुला पार्क निर्माण र वातावरण सुधार, गाउँ–सहर सहकार्यद्वारा खाद्य सुरक्षा र स्थानीय उत्पादन प्रवर्द्धन तथा स्वास्थ्य सहरको रूपमा परिचित धुलिखेल लाई थप विविधीकरण गरिने लगायत दर्जनौं लोकप्रिय कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रगति विवरण : उपप्रमुख जंगमको प्रतिवेदन

नगर उपप्रमुख निराजन जंगमले चालू आव ०८१/८२ को समग्र प्रगति विवरण प्रस्तुत गर्दै नगरले पूर्व निर्धारण अनुसारका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको बताए। सेवा प्रवाह, योजना कार्यान्वयनको गति र नागरिक सन्तुष्टिमा सुधार आएको उल्लेख गर्दै बाँकी कामलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे। सभामा समितिहरूद्वारा प्रतिवेदन प्रस्तुति गरिएको थियो । नगरसभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ–आफ्ना समितिका प्रतिवेदनहरू सार्वजनिक गरेका थिए । नगर प्रमुख व्याञ्जुले नीति तथा कार्यक्रम मार्फत  भने "जनताको विश्वासलाई जिम्मेवारीका साथ सम्मान गर्दै, पारदर्शी, जवाफदेही र प्रभावकारी सेवा प्रवाहलाई अझ मजबुत बनाइनेछ।" उनले सामाजिक समावेशिता, दिगो विकास र परिणाममुखी कार्यक्रमहरूमार्फत नागरिक जीवनस्तरमा देखिने सुधार ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । १७औँ नगरसभामा बजेट रु १ अर्ब १८ करोड ४८ लाख ५० हजार
नीति कार्यक्रम नगर प्रमुख अशोक कुमार व्याञ्जुले प्रस्तुत गरेका थिए । प्रगति समीक्षा नगर उपप्रमुख निराजन जंगमले गरेका थिए । नीति तथा कार्यक्रमको मुख्य प्राथमिकता क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पूर्वाधार, लगायत राष्टिय लक्ष्य र अन्तराष्टिय स्तरमा स्थानीय सरकारले सम्बन्ध कायम गरी सुदृढ सम्बन्ध कायम राख्ने सम्मको नीति नगरले लिएको छ । 

सभाद्वारा १ अर्ब १८ करोड ४८ लाख ५० हजार बराबरको बजेट समाविष्ट भएको विनियोजन विधेयक २०८२ पारित गरिनुका साथै धुलिखेल नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम २०८२,आर्थिक विधेयक २०८२,धुलिखेल नगरपालिकाको स्थिति समिक्षा २०८२ र धुलिखेल नगरपालिकाको लेखा समिति गठन र संचालन नियमावली २०८२ ,धुलिखेल नगरपालिकाको जग्गा विकास निर्देशिका २०७८ संसोधन २०८२, धुलिखेल नगरपालिकाको "घ" वर्गको निर्माण व्यवसायी ईजाजत पत्र वितरण सम्बन्धि कार्यविधि २०७५ संसोधन २०८२,न्यायिक समितिको बार्षिक प्रतिबेदन लगायत कार्यसम्पादनको सिलसिलामा सभाद्वारा गर्नुपर्ने विभिन्न निर्णयहरु सभाद्वारा सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सम्पन्न भएको छ ।
  • Jigyasanepal

थप