Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

समाचार फलोअप: धुलिखेल अस्पतालले रेबिज भ्याक्सिन होल्ड गर्ने डाक्टरमाथि छानबिन सहित कारबाही गर्ने

पशुहरुमा पनि बढ्दो संक्रमण रेबिज लागेर ६ वटा पशु मरे

  •   १० महिना अघि | १३ असार २०८२, शुक्रबार

शुकदेव थपलिया काभ्रे ।

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. २ को ०७४ वर्षीय जीवनाथ घिमिरेको रेबिज पोजेटिभ भै निधन भएको थियो । सो विषयमा उपचारमा संलग्न डा. सजन श्रेष्ठले भ्याक्सिन होल्ड गरिएको कारण आफ्नो बुवाको निधन भएको छोरा कुमार घिमिरेले बताएका थिए । उक्त विषयमा धुलिखेल अस्पताल प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।

धुलिखेल अस्पतालले बिहीबार जिज्ञासा नेपालमा प्रकाशित रेबिजप्रति डाक्टरको चरम लापरबाही कुकुरले टोकेर अस्पताल पुगे, डाक्टरले खोप नलगाइदिँदा ४५ दिनमा संसार छाडे शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै धुलिखेल अस्पतालको प्रशासनले प्रकाशित समाचारको विषयमा आवश्यक आन्तरिक छानबिन गरेर सत्य तथ्य पत्ता लगाएर आवश्यक कारवाही अगाडि बढाईने बताइएको छ । डा. सुमन ताम्राकारले अस्पताल प्रशासनको ध्यानाकर्षण भएको बताउनु भएको छ । 

पशुहरुमा पनि बढ्दो संक्रमण रेबिज लागेर ६ वटा पशु मरे 

जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. सिर्जा वाग्लेले यो आर्थिक वर्षमा मात्र ६ वटा पशुहरू रेबिज लागेर मरेको बताइन् । पशु मरेको मुख्य काभ्रे जिल्लाको रोशी गाउँपालिकामा १ गाई र दुई बाख्रामा रेबिज पोजेटिभ देखि मरेको र अरु बाँकी तीन वटा कुकुर मा समेत ल्याबमा टेस्ट गर्दा रेबिज पोजेटिभ देखि मरेको बताईन् । उनको अनुसार कुकुरहरू बनेपा र धुलिखेलका थिए ।


 वाग्लेले जिल्लाको १३ वटा पालिकाहरुसंग अहिले रेबिज नियन्त्रणको लागि संघीय ससर्त को कार्यक्रम जाने गरेको भन्दै त्यस्तो कार्यक्रममा केही मात्र पालिकाले सामुदायिक कुकुरहरुलाई खोप र पोथी कुकुरको बन्ध्याकरण समेत गरेको बताइन्। उनले गत वर्षको तुलनामा यो वर्ष पशुहरुमा रेबिज पोजेटिभ को तथ्यांक बढेको भन्दै अहिले जिल्ला पशु सेवा कार्यालय आफैंसँग किट उपलब्ध भएको र यही रेबिज भए नभएको यकिन गर्न सकिने बताइन्


उनले सरकारको देशैभर सन् २०३० सम्म रेबिज उन्मूलन अभियान सफल पार्न निकै ठुलो गतिमा काम गर्नु पर्ने ,इपोडिमोलोजीको सुस्म अनुसन्धान जसमा कुकुरको लोकेशन, संख्या , सचेतना जस्ता कुरामा तल्लो वडा तहबाट पालिका हुँदै काम गर्नुपर्ने बताइन् उनले रेबिज सामान्य विषय नभएको भन्दै यसलाई सर्वपक्षीय सहभागितामा मात्रै कमी ल्याउन सकिने बताइन् ।

 उनले यही आर्थिक वर्षमा १५ सय बढी पशुहरुमा रेबिज विरुद्वको भ्याक्सिन लगाइएको बताउँदै । पालिका शाखाले माग गरे भ्याक्सिन जति बेला पनि समन्वय गरेर उपलब्ध गराइँदै आएको बताइन् । 


  • Jigyasanepal

थप