Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १८८ पुग्यो, ४१ जना अझै बेपत्ता

  •   २ वर्ष अघि | १४ असोज २०८१, सोमवार

काठमाडौं, असोज १४— लगातारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभर जनजीवन तहसनहस बनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने ४१ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ।

सबैभन्दा ठूलो क्षति काठमाडौंको नागढुंगानजिकै झाप्ले खोलामा भएको हो, जहाँ पहिरोले पुरिएका गाडीहरूमा ३५ यात्रुको ज्यान गएको छ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, काठमाडौं उपत्यकामा मात्रै ७९ जनाको ज्यान गएको छ। बागमती प्रदेशका अन्य जिल्लाहरूमा ८५, कोशीमा २१, र मधेशमा ३ जनाको मृत्यु भएको छ। बेपत्ता हुनेहरूमा उपत्यकाका २० जना, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २, र मधेशका १ जना रहेका छन्।

घाइते ४५ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने ३६५४ जनालाई सकुशल उद्धार गरिएको छ। बाढी र पहिरोका कारण १३२७ घरमा क्षति पुगेको छ भने १९ मुख्य सडकहरू पूर्णरूपमा भत्किएका छन्, जसले यातायातलाई पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

सरकारले उद्धार कार्यलाई तीव्रता दिँदै जनताको सुरक्षामा भरपुर ध्यानदिएको छ।


  • RSS

थप