Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बक्राहा खोलाको किनारमा युवक र युवती मृत फेला

  •   २ वर्ष अघि | २० फाल्गुन २०८१, मङ्लबार

मोरङ, फागुन २० – मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा युवक र युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको छ।

स्थानीय पिठारीको रुखमा एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिनेहरू सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार दुवै जना विवाहित रहेको र जुबामुनीका पति वैदेशिक रोजगारीमा रहेको पत्ता लागेको छ। त्यस्तै, मृतक अजयका पनि दुई सन्तान रहेको बुझिएको छ।

अनुसन्धानको क्रममा आइतबार राति अजयले जुबामुनीलाई आफ्नै घर लगेका थिए। भोलिपल्ट उनीहरू घरबाट बाहिरिएका थिए भने मंगलबार बिहान बक्राहा खोला किनारमा उनीहरू मृत भेटिएको प्रहरीको भनाइ छ।

घटनाबारे प्रारम्भिक अनुसन्धानमा प्रहरीको आशंका अनुसार सम्बन्धका कारण उत्पन्न तनावले उनीहरू आत्महत्या गर्न पुगेको हुन सक्ने देखिन्छ। यद्यपि, घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।


  • Jigyasa media

थप