Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बन्चरो प्रहारबाट श्रीमानले गरे श्रीमतीको हत्या

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

तनहुँ, २३ कार्तिक – तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा घरेलु विवादले उग्र रूप लिएपछि ४२ वर्षीय ओमनारायण श्रेष्ठले आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको बन्चरो प्रहार गरी हत्या गरेका छन्।

प्रहरीका अनुसार बिहीबार साँझ भएको यो घटनामा गम्भीर घाइते भएकी प्रतिक्षालाई दमौली अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरे। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले घटनामा संलग्न ओमनारायणलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

प्रारम्भिक अनुसन्धानले घरेलु विवादका कारण यो दु:खद घटना भएको संकेत गरेको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको छ।




  • Jigyasa media

थप