Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

बिहारको मन्दिरमा भागदौड: ७ जनाको मृत्यु, ९ जना घाइते

  •   २ वर्ष अघि | २८ साउन २०८१, सोमवार

जेहनाबाद: भारतको बिहार राज्यस्थित जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्। घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले मृतक तथा घाइतेको जानकारी दिए। 

हाल स्थिति नियन्त्रणमा रहेको बताउँदै पाण्डेले भागदौड कसरी सुरू भयो भन्ने विषयमा तत्काल कुनै जानकारी प्राप्त नभएको जनाए। 

जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले जिल्ला प्रशासक र प्रहरी उपरीक्षकले घटनास्थलमा पुगेर घटनाको जानकारी लिइरहेको र शवहरू पोस्टमार्टमका लागि पठाइँदै गरेको बताए। 

यसैबीच, प्रहरी अधिकारी विकास कुमारले घटनाप्रति दुःख व्यक्त गर्दै, उचित सुरक्षा व्यवस्था हुँदा पनि यस्तो दुःखद घटना घट्न पुगेको उल्लेख गरे। घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको छ। 

(रासस/एएनआई)

  • RSS

थप