Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

आजको मौषम पूर्वानुमान: कोशी, मधेस र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

काठमाडौं । आज कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। महाशाखाको अनुसार, अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ। विशेष गरी, कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका एक-दुई स्थानमा पनि यस्तै अवस्था देखिन सक्ने उल्लेख छ।

आज राति पनि सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। 


भारी वर्षा हुने स्थानहरूमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।

  • Jigyasa media

थप