Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

दुई जिप दुर्घटना: पाँच जनाको मृत्यु

  •   २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार

बझाङ ।बझाङ जिल्लामा भएका दुई छुट्टाछुट्टै जिप दुर्घटनामा चालकसहित पाँचजनाले ज्यान गुमाएका छन्।

पहिलो दुर्घटना बिहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको हो। उक्त दुर्घटनामा से १ ज ८४३ नम्बरको जिप सडकबाट झन्डै २०० मिटर तल खस्दा चालकसहित चारजनाको मृत्यु भएको छ। मृतकमध्ये चालक केदारस्युँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र पाँच वर्षीया आकृती धामी छन्।

तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते अवस्थाको पाँच वर्षीया आकृती धामीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। जिप तलकोट गाउँपालिकाबाट चैनपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो।

दोस्रो दुर्घटना त्यही राति करिब ९ बजेतिर कोटदेवल भन्ने स्थानमा भएको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडातर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो। यस दुर्घटनामा जिपका चालक ४२ वर्षीय धर्म थापाको घटनास्थलमै मृत्यु भएको छ।

जिप दुर्घटनाहरूका कारण स्थानीयवासी र प्रहरीले उद्धारमा खटिएका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुरक्षा सचेतना: स्थानीय अधिकारीहरूले यात्रुहरूलाई सावधानी अपनाउन र चालकलाई सडकको अवस्थाबारे सतर्क रहन आग्रह गरेका छन्। बझाङका ग्रामीण क्षेत्रमा जोखिमपूर्ण सडकका कारण दुर्घटनाको सम्भावना उच्च हुने भन्दै तत्काल सुधारको आवश्यकता रहेको छ।


  • Jigyasa media

थप