Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

अविरल वर्षाको कारण विपद्: १८२ जनाको मृत्यु, ५० जना अझै बेपत्ता

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

काठमाडौं । अविरल वर्षाका कारण जेठ २८ गतेदेखि देशभर बाढी, पहिरोलगायत विभिन्न विपद्‌मा परी हालसम्म १८२ जनाको ज्यान गएको छ। आइतबार दिउँसोसम्मको विवरणअनुसार काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा जनधनको ठूलो क्षति भएको छ।

कुल १८२ जनाको मृत्यु भएको छ भने विभिन्न प्रदेशमा २३३ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना, र सुदूरपश्चिम प्रदेशमा २८ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।

विपद्का कारण ५० जना अझै बेपत्ता रहेका छन्, जसमा बागमती प्रदेशमा ४१ जना सबैभन्दा बढी छन्। खोजी कार्य जारी छ।

यस विपद्ले ३८४ घर डुबानमा परेको र ३२१ घरमा क्षति पुगेको छ। साथै ८३८ पशु चौपायाको मृत्यु भएको छ र ४७८७ घर परिवार विस्थापित भएका छन्। ५१ वटा पुल, ४ विद्यालय र २ सरकारी कार्यालयमा समेत क्षति पुगेको छ।

  • Jigyasa media

थप