Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

महाकाली नदीमा खसेर दशैं मनाउन घर फर्किंदै गरेका युवक बेपत्ता

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

धनगढी, ११ असोज: भारतमा रोजगारी गर्दै आएका बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोट निवासी ३३ वर्षीय अमर धामी दशैं मनाउन घर फर्किंदै गर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। घटना शुक्रबार बिहान दशरथचन्द नगरपालिका-८ झुलाघाट बजार नजिक भएको हो। धामी सडकमा हिँड्ने क्रममा चिप्लिएर नदीमा खसेका हुन्।


सुदूरपश्चिम प्रदेशका डीआईजी रविन्द्र केसीका अनुसार, धामी झुलाघाटबाट बैतडी सदरमुकाम जाने क्रममा सडकको पार्किङ क्षेत्रमा चिप्लिएर महाकालीमा खसेका थिए। पहिरो खस्ने जोखिमका कारण खोजी कार्यमा चुनौती आएपनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार प्रयास जारी राखेको छ। धामीको अवस्था हालसम्म अज्ञात छ।


  • Jigyasa media

थप