Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एआईका अग्रदूतलाई प्रदान

  •   २ वर्ष अघि | २३ असोज २०८१, बुधबार

२३ असोज, काठमाडौं । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का अग्रदूतहरूमध्ये एक मानिने जेफ्री ई. हिन्टन र अमेरिकी वैज्ञानिक जोनजे होपफिल्डलाई प्रदान गरिएको छ। उनीहरूले मेसिन लर्निङ प्रविधिको विकासमा पुर्‍याएको योगदानका लागि यो प्रतिष्ठित पुरस्कार प्राप्त गरेका हुन्।

हिन्टन र होपफिल्डको प्रविधि विकासले मेसिनहरूलाई मानिसको दिमागजस्तै सोच्न र बुझ्न सक्षम बनाएको छ। यसबाट एआईले विज्ञान र प्रविधिमा महत्वपूर्ण फड्को मार्न सफल भएको छ। यद्यपि, हिन्टनले एआई मानवताका लागि खतरा हुन सक्ने चेतावनी समेत दिएका थिए। उनले सन् २०२३ मा एआईको विकासप्रति असन्तुष्टि जनाउँदै गुगलबाट राजीनामा दिएका थिए।

एआईको विकासका कारण ठूलो संख्यामा मानिसहरूले नोकरी गुमाउनसक्ने र गलत सूचनाको तीव्र प्रसार हुने चिन्ता व्यक्त गर्दै उनले न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा आफ्नो पछुतो प्रकट गरेका थिए।

उनै वैज्ञानिकलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सले भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। एकेडेमीले पुरस्कार घोषणा गर्दै यी वैज्ञानिकहरूले विश्वलाई नयाँ ढंगले कम्प्युटर प्रयोग गर्न सिकाएको उल्लेख गरेको छ।

नोबेल पुरस्कारको राशि करिब ९ करोड रुपैयाँ बराबरको हुने र यो पुरस्कार हिन्टन र होपफिल्डले बराबरी बाँड्नेछन्।

यसअघि ७ अक्टोबरमा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र गेरी रुवकुनलाई माइक्रो आरएनएको खोजका लागि प्रदान गर्ने निर्णय भएको थियो। नोबेल पुरस्कारको घोषणा अक्टुबर १४ सम्मजारी रहनेछ।


  • Jigyasa media

थप