Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

कामना प्रतिष्ठान शाखामा भगवती तिमल्सिनाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन

  •   २ वर्ष अघि | २८ मंसिर २०८१, शुक्रबार

२८ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गत कामना प्रतिष्ठान शाखा (नेपाल समाचारपत्र)को ९ औं अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले भगवती तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।

नव निर्वाचित पदाधिकारीहरू

अध्यक्ष: भगवती तिमल्सिना

उपाध्यक्ष: सुनील महर्जन

सचिव: सूर्यप्रसाद अर्याल

कोषाध्यक्ष: शारदा शर्मा (गौतम)

सदस्यहरू: सरोज राजोपाध्यय र कर्ण प्रधान

पार्षद चयन

अधिवेशनले केन्द्रीय र प्रदेश पार्षदहरूलाई पनि सर्वसम्मत रूपमा चयन गरेको छ।

केन्द्रीय पार्षद: यदुप्रसाद भट्ट, राजु श्रेष्ठ, र रामप्रसाद (दीपक) रिजाल

प्रदेश पार्षद: प्रकाश श्रेष्ठ र सरस्वती सुनार

शुभकामना र प्रतिबद्धता

कार्यक्रममा कामना पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले नव निर्वाचित नेतृत्वलाई शुभकामना दिँदै सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धिका लागि सिर्जनात्मक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। उनले व्यवस्थापनको तर्फबाट यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संस्थाको गरिमा उच्च राख्न सबै सञ्चारकर्मी र कर्मचारीले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।

निर्वाचन समिति

निर्वाचन समितिका संयोजक दीपक रिजाल र सदस्यहरू भवनाथ प्याकुरेल तथा सरस्वती सुनार थिए।

कामना प्रतिष्ठान शाखाको यो सर्वसम्मत नेतृत्वले आगामी दिनमा संस्थाको गरिमा र सञ्चारकर्मीको दक्षता अभिवृद्धि

मा थप योगदान दिने विश्वास लिइएको छ।


  • Jigyasa media

थप