Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकारको तयारी

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काठमाडौं । सरकारले भ्रष्टाचार मुद्दामा रहेको पाँच वर्षे हदम्याद हटाउन तयार भएको छ। शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले यसबारे सरकारको तयारी रहेको जानकारी दिए।

गृहमन्त्री लेखकले बैठकमा बोल्दै भ्रष्टाचार मुद्दामा हदम्याद हटाउनुपर्ने धारणा राख्दै सरकार यसबारे सकारात्मक रहेको बताए। उनले भने, “धेरै माननीयज्यूहरूले हदम्याद हटाउनुपर्ने कुरा उठाउनुभएको छ। भ्रष्टाचारका मुद्दामा जहिले पनि अनुसन्धान हुनुपर्छ भन्ने धारणा धेरैको छ। हदम्याद हटाउन सरकार तयार छ।”

साथै, भ्रष्टाचारको मुद्दा दायर भएपछि सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि थप छलफल आवश्यक रहेको गृहमन्त्री लेखकले बताए। उनले भने, “कसैमाथि भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा छलफल गरी टुंगोमा पुग्नुपर्छ।”

  • Jigyasa media

थप