Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प: उपत्यकावासीले महसुस गरे हल्का झड्का

  •   २ वर्ष अघि | ७ मंसिर २०८१, शुक्रबार

काठमाडौं, मंसिर ७ - काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति हल्का भूकम्प गएको छ। राति १०:४५ बजे गएको यो भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको झड्का सानो भए पनि काठमाडौं उपत्यकाका केही बासिन्दाले धक्का महसुस गरेका छन्। सामाजिक सञ्जालमा उपत्यकावासीले भूकम्पको अनुभव बाँडिरहेका छन्।

साना झड्काले डर उत्पन्न गरे पनि यसले कुनै भौतिक क्षति वा मानवीय क्षति पुर्‍याएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। विज्ञहरूले हल्का भूकम्पलाई नियमित भौगोलिक गतिविधिको रूपमा लिने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।


  • Jigyasa media

थप