Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सुर्खेतमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  •   २ वर्ष अघि | २४ भदौ २०८१, सोमवार

२४ भदौ, सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ का २६ वर्षीय भुवन भण्डारी र बराहाताल गाउँपालिका–९ का २८ वर्षीय चन्द्रबहादुर बुढाथोकी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार उनीहरूबाट १८ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र १० हजार नौ सय रुपैयाँ नगद बरामद भएको छ। 

डीएसपी विश्वकर्माले दिएको जानकारी अनुसार, आइतबार बेलुका वीरेन्द्रनगर–८ क्याम्पस रोडमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाको संयुक्त टोलीले उनीहरूलाई क्याम्पस रोडबाट नियन्त्रणमा लिएको हो। 

हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको छ।

  • Jigyasanepal

थप