Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

चोभारमा स्कुल बस दुर्घटना, चालक र विद्यार्थीको दुःखद निधन

  •   २ वर्ष अघि | २७ माघ २०८१, आइतवार

काठमाडौं, माघ २७ – चोभारमा भएको स्कुल बस दुर्घटनामा चालक र एक विद्यार्थीको ज्यान गएको छ।

दक्षिणकाली नगरपालिका–३, फर्पिङको भन्ज्याङमा आइतबार अपराह्न करिब ३:४५ बजे जुनकिरी इंग्लिस स्कुल को बस दुर्घटनामा परेको हो। बस ५० मिटर तल खस्दा चालक रामकृष्ण मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

प्रहरीका अनुसार बसमा ५० जना विद्यार्थी सवार थिए। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप