Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बाबुआमाले चोर ठानेर कुट्दा छोराको मृत्यु, बाबु-आमा घाइते

  •   २ वर्ष अघि | १६ फाल्गुन २०८१, शुक्रबार

मकवानपुर ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा घरमा चोरी भएको आशंकामा प्रतिकार गर्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुने व्यक्ति ३० वर्षीय भरथकुमार भ्लोन हुन्। बिहीबार राति ९ बजेतिर उनी आफ्नो घर पुगेका थिए, जहाँ उनका ६४ वर्षीय बाबु मीनबहादुर भ्लोन र ६३ वर्षीया आमा देवीमाया भ्लोन थिए।

घटनाका क्रममा मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरूले चोर भएको आशंकामा प्रतिकार गरेका थिए। प्रतिकारको क्रममा भरथकुमार गम्भीर घाइते भए। उपचारका लागि चितवन लगिएको भए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।

भरथकुमार चार वर्षदेखि घर नफर्किएको र अन्धकारमा समेत बाबुआमाले उनलाई चिन्न नसकेको हुन सक्ने अनुमान गरिएको छ।

यस घटनामा बाबुआमा स्वयं पनि गम्भीर घाइते भएका छन्। बाबुको करङ र हातको औंला भाँचिएको छ भने आमाको हातमा चोट लागेको छ। उपचारका लागि उनीहरूलाई काठमाडौं ल्याइएको छ। हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीलेजनाएको छ।


  • Jigyasa media

थप