Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

तिब्बतमा शक्तिशाली भूकम्प: ३६ जनाको मृत्यु

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

२३ पुस, काठमाडौं। चीनको तिब्बत क्षेत्रमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको ज्यान गएको छ। यसबारे चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले जानकारी दिएको छ।

सीजीटीएनका अनुसार, भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड रहेको छ। यद्यपि, नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले यसलाई ७ म्याग्निच्युडको भूकम्पको रूपमा मापन गरेको छ।

केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु तिब्बतको दिंगी क्षेत्र नजिकै थियो र यो बिहान ६:५० बजे (नेपाली समयअनुसार) गएको थियो।

भूकम्पको धक्का काठमाडौंसहित नेपालका धेरै स्थानमा पनि महसुस गरिएको थियो। नेपालमा अहिलेसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

तिब्बतमा भने उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको छ। स्थानीय अधिकारीहरूले क्षतिको पूर्ण विवरण संकलन गर्ने प्रयास गरिरहेका छन्।



  • Jigyasa media

थप