Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कैलालीमा साढे तीन किलो चरेससहित दुई जना पक्राउ

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

धनगढी – कैलाली प्रहरीले साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले बुधबार ३ किलो ४८० ग्राम चरेससहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गौरिगंगा नगरपालिका-८, बडैपुरका गोविन्द धामी (२३ वर्ष), जो बझाङको केदारस्युँ गाउँपालिका–६ स्थायी निवासी हुन्, र धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्दै आएकी ४१ वर्षीया मनमति ऐडी रावत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए।

धामीको साथबाट २ किलो ७४० ग्राम चरेस झोलामा लुकाइएको अवस्थामा फेला परेको थियो भने रावतको होटल खानतलासी गर्दा थप ७४० ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ  ।

  • Jigyasa media

थप