Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडि नबढाउन गौशाला २६ को निवेदन ।

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

 काठमान्डौ । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडि नबढाउन निवेदन दिएकी छन् ।

गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडि नबढाउन निवेदन दिएकी हुन्। उनले आफुलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन्।


उनले आफुलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफुलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ।


सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौँको आदेशलाई उल्टाउदै निर्दोष रहेको फैसला दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो।

  • Jigyasa media

थप