Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल चीनको औपचारिक भ्रमणमा

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल गए राति चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्। चीनका उपप्रधानमन्त्री हि लिफङको औपचारिक निमन्त्रणामा उनी चीन लागेका हुन्।

आगामी दिनहरूमा उनी बेइजिङमा आयोजना हुने ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’ मा सहभागी हुनेछन्, जहाँ उनले नेपालको दृष्टिकोण प्रस्तुत गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस भ्रमणका क्रममा नेपाल र चीनबीच आपसी सहयोगका विषयमा छलफल हुन सक्ने आँकलन गरिएको छ।

पौडेलले यो भ्रमणको क्रममा चीन सरकारका विभिन्न उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने सम्भावना छ। ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरद्वारा आयोजना गरिएको यो फोरम दिगो यातायातको विकासमा नयाँ दृष्टिकोण प्रस्तुत गर्न आयोजित हो। अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किनेछन्।


  • Jigyasa media

थप