Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

चितुवाको छालासहित एक पक्राउ

  •   २ वर्ष अघि | ५ असोज २०८१, शनिबार

बझाङ।

बझाङको सदरमुकाम चैनपुरमा एक व्यक्ति चितुवाको छालासहित पक्राउ परेका छन्। शुक्रबार साँझ थलारा गाउँपालिका-८ गन्डाउनीका खगेन्द्रराज जोशीलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो। जोशीले सिमेन्टको बोरामा लुकाएर चितुवाको छाला बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार छालाको लम्बाइ ८ फिट २ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको छ, जसमा सेतो, कालो र खैरो बुट्टा रहेका छन्। छालामा दाँत र पञ्जा पनि फेला परेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक किशोर जोशीको नेतृत्वमा रहेको टोलीले शंका लागेर गरेको चेकजाँचपछि यो अवैध सामान बरामद गरेको हो।

अहिले आरोपीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकोछ।


  • Jigyasa media

थप