Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

स्याङ्जामा चोरीको आरोपमा भारतीय नागरिक पक्राउ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

स्याङ्जा ।  हरिनास गाउँपालिका-२ मा रहेको एक सःमिलमा कार्यरत ३० वर्षीय भारतीय नागरिक मनोजकुमार महतो चोरीको आरोपमा पक्राउ परेका छन्। भदौ १४ गते पुछौदीस्थित होमिक्स सःमिल फर्निचर उद्योगमा काम गर्ने महतोले उद्योगमा रहेको जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर, साईजर मेसिन, डाइनामो, र नट बोल्ट खोल्ने रिन्चिहरू चोरी गरेको आरोपमा उनलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार, वीरगञ्ज महानगरपालिका-१६ स्थित बसपार्कमा सामानसहित महतो पक्राउ परेका थिए। उनलाई पक्राउ गरी चोरी तथा डाका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। महतो भारतको बिहार राज्यको बेतियाग्रामका बासिन्दा हुन्। 

प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी महतोविरुद्ध अनुसन्धान जारी राखेको जनाएको छ।

  • Jigyasa media

थप