Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा मोरङमा एक व्यक्तिको मृत्यु

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

विराटनगर – मोरङको ग्रामथान गाउँपालिका–२ मा बुधबार दिउँसो बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। मृत्यु हुनेमा ५० वर्षीय जगदीश सरदार रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सरदारले आफ्नै घरमा बिजुलीको तार जडान गर्ने क्रममा दिउँसो १ बजेतिर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्रीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सरदारको असामयिक मृत्युले गाउँमा शोकको छाया छाएको छ भने बिजुली जडानका क्रममा आवश्यक सुरक्षाका उपायहरू अपनाउन स्थानीयवासीलाई सचेत गराइएको छ।


  • Jigyasa media

थप