Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

दिल्लीमा बिहानै भूकम्पको झट्का, सर्वसाधारण त्रसित

  •   २ वर्ष अघि | ५ फाल्गुन २०८१, सोमवार

नयाँ दिल्ली – भारतको राजधानी दिल्ली र त्यस आसपासका क्षेत्र सोमबार बिहान भूकम्पको धक्काले हल्लिएको छ। स्थानीय समयअनुसार बिहान ५:३६ बजे ४.० म्याग्निच्युडको भूकम्प जाँदा सर्वसाधारण घर बाहिर निस्किन बाध्य भए।

भारतीय भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्र दिल्लीको जमिनभन्दा ५ किलोमिटर गहिराइमा रहेको थियो। अकस्मात् महसूस गरिएको शक्तिशाली कम्पनका कारण केहीबेरको लागि जनजीवन प्रभावित भएको बताइएको छ।

संभावित आपतकालीन स्थितिलाई मध्यनजर गर्दै दिल्ली प्रहरीले सतर्क रहन आग्रह गरेको छ भने कुनै अप्रिय घटना भए तुरुन्तै जानकारी दिन अनुरोध गरिएको छ।


  • Jigyasa media

थप