Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशका पाँच प्रदेशमा वर्षाको सम्भावना, काठमाडौंमा आंशिक बदली

  •   २ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएका संकेत देखिए पनि देशका केही भागमा वर्षा र हिमपातको सम्भावना कायमै रहेको मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य भागमा आंशिक बदली रहनुका साथै मौसम सफा देखिएको छ।

दिउँसोको समयमा पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना रहे पनि सम्भाव्यता निकै न्यून छ। "काठमाडौंमा वर्षा हुने सम्भावना केवल १० प्रतिशत मात्रै छ," पुडासैनी भन्छन्।

आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव क्रमशः कम हुँदै गइरहेको छ र आज रातिसम्म यसको सामान्यप्रभाव रहनेछ।


  • Jigyasa media

थप