Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

नारायणीमा बालक डुब्दा उद्धार गर्न पुगेकी दिदी पनि बेपत्ता

  •   २ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

नवलपुर, चैत २६ — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा मंगलबार साँझ नारायणी नदीमा डुबेर दुई बालबालिका बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार १३ वर्षीया दीक्षा सेर्पुञ्जा र उनका ९ वर्षीय भाइ स्वप्निल सेर्पुञ्जा नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्। उनीहरू आफ्नी हजुरआमा सुनमाया कुमालसँग नदी किनारमा गएका थिए।

हजुरआमाको चप्पल नदीमा बगिएपछि भाइ स्वप्निल त्यो लिन पानीतर्फ पुगेका थिए। उनी डुब्न थालेपछि दीक्षा उद्धार गर्न गएकी थिइन्। तर, दुवैजना नदीको तेज बहावमा परेर बेपत्ता भएका हुन्।

इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख सानुकाजी विष्टका अनुसार घटनापछि खोजी कार्य प्रारम्भ गरिएको भए पनि प्रहरीसँग गोताखोरको अभावका कारण मंगलबारको खोजीकार्य रोकिएको छ।

‘बेपत्ता बालबालिकाको खोजी आज बिहानैदेखि गोताखोर टोलीसहित फेरि सुरु हुनेछ’, विष्टले जानकारी दिए।




  • Jigyasa media

थप