Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

दाङमा यात्रुबस दुर्घटना: दुई जनाको मृत्यु, १५ घाइते

  •   १ वर्ष अघि | ५ बैशाख २०८२, शुक्रबार

दाङ, वैशाख ५ – दाङको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगेखोला नजिक यात्रुबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

कृष्णनगरबाट घोराहीतर्फ जाँदै गरेको बा ३ ख ७९९६ नम्बरको यात्रुबस अनियन्त्रित भई दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमध्ये एकजनाको पहिचान दाङको राजपुर गाउँपालिका–५ निवासी ५७ वर्षीय निमसरोज यादवको रूपमा खुलेको छ भने अर्का मृतकको सनाखत प्रक्रिया जारी छ।दुर्घटनामा परेका १५ यात्रुमध्ये ८ जनाको अवस्था मध्यम र ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।हाल घटनास्थलमा प्रहरी टोली खटिइरहेको छ भने विस्तृत विवरण संकलन कार्य जारी छ।

  • A

थप