Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

चर्को आवाजमा मोटरसाइकल चलाएको विषयमा युवकको कुटपिट हत्या, ८ जना पक्राउ

  •   १ वर्ष अघि | १० भदौ २०८२, मङ्लबार

स्याङ्जा, भदौ १०, २०८२ – स्याङ्जामा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा विवाद हुँदा ३२ वर्षीय युवक ढालबहादुर थापाको हत्या भएको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।

वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापालाई शनिबार राति जर्कोटमा मोटरसाइकलको आवाजले विवाद हुँदा कुटपिट गरिएको प्रहरीले जनाएको छ। घाइते थापुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। तर उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो।

पक्राउ पर्ने व्यक्तिहरूमा शामिल छन्:

हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा

२० वर्षीय विवेक मानन्धर

२३ वर्षीय गोरे (गुरू प्रसाद लम्साल)

२३ वर्षीय विश्वास वाग्ले

१७ वर्षीय किशोर

वालिङ नगरपालिका–६ का २२ वर्षीय निशान थापा

चापाकोट नगरपालिका–५ का २४ वर्षीय अनिल शाही ठकुरी

१८ वर्षीय किशोर

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

सुरक्षाकर्मीले सबै पक्राउ परेका व्यक्तिहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत स्याङ्जाले अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ।

यस घटनाले स्थानीय स्तरमा शान्ति र सुरक्षामा चिन्ता उत्पन्न भएको छ, प्रहरी र प्रशासनले घटनासँग सम्बन्धित थप अनुसन्धान जारी राखेको छ।

  • Jigyasanepal

थप