Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

सर्लाहीको मनुस्मारा खोलामा वृद्धको मृत्यु, बालिका बेपत्ता

  •   २ वर्ष अघि | ३० साउन २०८१, बुधबार

सर्लाही । बलरा नगरपालिका स्थित मनुस्मारा खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्। सर्लाहीको वडा नं १, हथिऔलस्थित खोलामा आज ६० वर्षीय गजेन्द्र साहको डुबेर मृत्यु भएको हो।

घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेर भैंसी चराउँदै गरेका साहले उनीहरूलाई बचाउने प्रयासमा खोलामा पसेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार साहको खोलामा डुबेर मृत्यु भएको हो।

दुई बालिकामध्ये १२ वर्षीया निशाकुमारी गिरी बेपत्ता भएकी छिन्, जो सोही स्थान निवासी अजय गिरीकी छोरी हुन्। अर्की १५ वर्षीया पिंकीकुमारी गिरी भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएकी छिन्।

बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको छ भने मृतक साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

  • Jigyasa media

थप