Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

देशभरको बाढीपहिरोमा ठूलो जनधनको क्षति, २३९ जनाको मृत्यु

  •   २ वर्ष अघि | १८ असोज २०८१, शुक्रबार

काठमाडौं । हालैको बाढीपहिरोले देशभर ठूलो जनधनको क्षति भएको छ। सरकारी अधिकारीहरूको विवरण अनुसार, २३९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १९ जना अझै बेपत्ता रहेका छन्। यस विपद्का कारण १७७ जना घाइते भएका छन्, जसको उपचार भैरहेको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढीपहिरोबाट प्रभावित क्षेत्रहरूबाट १७ हजार एक सय ३१ जनाको उद्धार गरिएको जानकारी दिए। उद्धार कार्य निरन्तर जारी रहेको बताउँदै उनले अवरुद्ध भएका राजमार्गहरू मर्मत गर्न र यातायात सञ्चालनमा ल्याउन प्रयास भइरहेकाे उल्लेख गरे।

सहायता अभियानहरूमा उद्धार टोलीहरूको परिचालनसँगै बाढीग्रस्त क्षेत्रमा राहत सामग्री वितरणको काम पनि भइरहेको छ।


  • Jigyasa media

थप