Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

देशभर आंशिक बदली, तराईमा हुस्सुको असर, चिसो घट्दै

  •   २ वर्ष अघि | ३० मंसिर २०८१, आइतवार

३० मंसिर, काठमाडौं। देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ भने अधिकांश स्थानमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तराईका केही स्थानमा हुस्सु लागेकाले यातायात र हवाई उड्डयनमा क्षणिक असर पर्ने सम्भावना छ। विभागले दैनिक जनजीवनमा सतर्कता अपनाउन आग्रह गरेको छ।

आज दिउँसो र राति मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। तर, सोमबार बिहान तराई र काठमाडौं उपत्यकामा हुस्सु लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।

यसैबीच, काठमाडौं उपत्यकामा चिसो केही घटेको छ। शनिबारको दुई डिग्री सेल्सियस तापक्रमको तुलनामा आज बिहान तापक्रम चार दशमलव पाँच डिग्री मापन गरिएको छ।

आज काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय ६:४७ मा र सूर्यास्त ५:११मा हुनेछ।


  • Jigyasa media

थप