Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

महिलाको सम्पत्ति जफत गर्ने लोभःलालच देखाइ सम्बन्धको गलत फाइदा उठाउने काभ्रेका सापकोटा पक्राउ

  •   ६ महिना अघि | २६ चैत्र २०८२, बिहिबार

काठमाडौं । महिलालाई अतिरिक्त प्रलोभनमा पारेर उनीहरूकै सम्पत्ति जफत गर्ने उमेश सापकोटा पक्राउ परेका छन् । दाङकी एक महिलाको जाहेरीमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-२ घर भई अहिले काभ्रेकै धुलिखेल नगरपालिका ५ श्रीखण्डपुर महाकाली टोली बस्ने ४० वर्षीय उमेश सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज पक्राउ गरेको हो ।

उनीविरुद्ध जबरजस्ती करणको उजुरी पनि छ ।दाङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ पँलासेबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको जनाएको छ ।

प्रहरी अनुसन्धानबाट उनले सम्बन्ध विच्छेद भएका महिलाहरू खोज्ने, सहयोग गर्छु भनि ल्याएर साथी बनाइ विश्वासमा पारी ललाइ-फकाइ गरी उनीहरूको नाममा भएको अचल सम्पत्ति बैंकमा धितो राख्न लगाइ पैसा निकाल्न लगाउने गरेको खुलेको छ ।

त्यस्तै आफूलाई जग्गासम्बन्धी कारोबार गर्ने व्यापारी बताइ आफूसँग नजिक भएका महिलाहरूको चल-अचल सम्पत्तिको फाइदा लिने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।उनले आफूसँग नजिकिएका महिलाहरूलाई विश्वासमा पारी लोभःलालच देखाइ सम्बन्धको गलत फाइदा उठाउने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

  • Jigyasanepal

थप