Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

पनौतीको बगुवामा मोटरसाइकल दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान र छोरासमेत घाइते

  •   ९ महिना अघि | १० साउन २०८२, शनिबार

अर्जुन अधिकारी।

काभ्रे। साउन १०

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ बगुवास्थित कुशादेवी–आशापुरी सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने श्रीमान र पाँच वर्षीय छोरा घाइते भएका छन्।

बिहान करिब १०:१० बजे, कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब ६ मिटर तल सडकबाट खसेको हो। दुर्घटनामा श्रीमतीको निधन, छोरा र श्रीमान घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षीय विजय थापा (पनौती–५) र उनका छोरा ५ वर्षीय बिएन्स थापा घाइते भएका छन्। विजयको बाँया खुट्टाको गोली गाठामा चोट लागेको छ र उनी शिर मेमोरियल अस्पतालमा उपचाररत छन्। बिएन्स थापाको निधारमाथि टाउकोमा चोट लागेको छ, तर अवस्था बोल्न सक्ने बताइएको छ। मोटरसाइकलमा सवार विजयकी श्रीमती ३२ वर्षीया सुजना खत्रीको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहान १०:४० बजे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्। मृतक सुजना खत्रीको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल र आवश्यक विवरण प्रहरी चौकी कुशादेवीको नियन्त्रणमा रहेको छ। प्रारम्भिक अनुमान अनुसार, मोटरसाइकल अनियन्त्रित भएर आफैँ सडकबाट तल खसेको देखिएको छ।

  • Jigyasanepal

थप