Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

दूध लिएर जाँदै गर्दा लडेका वृद्धको उपचारका क्रममा मृत्यु

  •   १ वर्ष अघि | १३ साउन २०८२, मङ्लबार

काभ्रे, साउन १३ –

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ निवासी ६० वर्षीय सेतेमान भोलनको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टर अस्पतालमा मृत्यु भएको छ। बिहानको दैनिकी अनुसार दुध लिएर डेरीतर्फ जाँदै गर्दा बाटोमै लडेर गम्भीर घाइते भएका भोलनको निधनले गाउँमा शोक छाएको छ।

साउन १३ गते बिहान करिब ८:३० बजे, बेथानचोक गाउँपालिका–३ गोर्खाली टोलस्थित डेरीमा दूध बोकेर जाँदै गर्दा बाटोमै चिप्लिएर लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो। तुरुन्तै उनका छोरा सुदीप भोलन ले घाइते अवस्थामै उनलाई काठमाडौंस्थित ट्रमा सेन्टर पुर्‍याएका थिए। तर, बिहान करिब १०:४० बजे चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी ढुङखर्क, काभ्रेबाट टोली अस्पताल खटिएको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार, बाटो चिप्लो भएकाले लडेर गम्भीर चोट लागेको देखिन्छ। स्थानीय डेरीसम्म दूध पुर्‍याएर जीविकोपार्जन गरिरहेका सेतेमान भोलन जस्ता वृद्धहरूको श्रमशील जीवनशैलीले गाउँमा प्रेरणा मिलेको छ । तर, सोही मेहनतकै क्रममा घटेको दुर्घटनाले गाउँलेहरू स्तब्ध छन्।

  • Jigyasanepal

थप