Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको ज्यान गयाे

  •   ९ महिना अघि | २९ पुस २०८२, मङ्लबार

२०८२ पुष २९ ।

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा नेपालको सल्यानस्थित सिद्धकुमाख गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्धकुमाख गाउँपालिका–२ टाकुराका २ परिवारहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए ।

आइतबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएपछि आगलागी भएको बताइएकाे छ ।

मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, २ छोरी १६ वर्षीया राधा र १० वर्षीया रेणुका तथा २२ महिनाका छोरा राजन विकको मृत्यु भएको छ । यस्तै, सोही गाउँका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि ज्यान गएको छ ।

हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकीको खोजी कार्य जारी छ । एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको छ ।

उनीहरुको २७ गते नै आगलागीमा परेर मृत्यु भएता पनि ठेगाना खुल्न सकेको थिएन । ९ जनाको निधनको शोकमा आज २ नम्बर वडा कार्यालय, वडाभित्र पर्ने सामुदायीक विद्यालय तथा सरकारी कार्यालयह शोक विदा दिइएको छ ।

  • Jigyasanepal

थप