Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

भरुवा बन्दुक को गोली प्रहार बाट बाबुले गरे छोराको हत्या

  •   ११ महिना अघि | १० कार्तिक २०८२, सोमवार

पाँचथर । मिक्लाजुङ गाउँपालिकामा बाबुले मादक पदार्थ सेवन गरी छोराको भरुवा बन्दुक हानेर हत्या गरेका छन् ।घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथरको मिक्लाजुङ– ८ भदौरेका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक हान्दा १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेका लिम्बूले आइतबार अपराह्न छोरालाई घर नजिकै बारीमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

बन्दुकको गोलीले १७ वर्षीय छोरा सफलको छाती, कुम र कञ्चटसहित शरिरका विभिन्न भागमा गोली लागेको थियो । सफलको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तामाङले बताए ।

हत्याको जानकारी पाउना साथ खटेको प्रहरी टोलीले बखतसिंहलाई पक्राउ गर्नुका साथै बन्दुक नियन्त्रणमा लिइएको छ । मृतक सफलको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

  • Jigyasanepal

थप