Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

देशभर स्थिर मौसम : अधिकांश क्षेत्रमा सफा आकाश, पहाडी भूभागमा आंशिक बदली

  •   ११ महिना अघि | २६ कार्तिक २०८२, बुधबार

काठमाडौँ । नेपालमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभरको मौसम सामान्य स्थिर अवस्थामा रहँदा अधिकांश स्थानमा आकाश सफा देखिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने अहिले आंशिक बदली देखिएको छ भने तराई र अन्य क्षेत्रहरूमा मौसम मुख्यतया खुला र शान्त छ।

आज दिउँसोको मौसम पूर्वानुमान अनुसार कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा आंशिक बदली रहिरहने र बाँकी सबै भूभागमा खुला मौसम रहने सम्भावना रहेको बताइएको छ।

त्यस्तै, राति गण्डकी प्रदेशका पहाडी भागमा हल्का बदली रहन सक्ने भए पनि देशका अन्य भागमा आकाश सफा रहने महाशाखाको अनुमान छ।

मौसमविद्हरूका अनुसार हाल कुनै सक्रिय वर्षा प्रणाली नभएकाले तत्काल वर्षा वा हिउँ पर्ने सम्भावना छैन। उनीहरूले किसान र यात्रुहरूलाई हावापानी सामान्य स्थिर रहेकोले दैनन्दिन कामकाजमा सहजता रहने बताएका छन्।

महाशाखाले आगामी केही दिनसम्म पनि देशभरको मौसम स्थिर रहने र हिमाली क्षेत्रबाहेक अन्य भागमा उल्लेखनीय परिवर्तन नदेखिने जनाएको छ।

  • Jigyasanepal

थप