Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, सर्वोच्च अदालतबाट ५ वर्ष कैदको सजाय

  •   २ वर्ष अघि | २० कार्तिक २०८१, मङ्लबार

२० कात्तिक, काठमाडौं - गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई ज्यान मार्ने उद्योगको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै ५ वर्षको कैद सजाय सुनाएको छ। मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै मनाङेलाई दोषी ठहर गरेको हो।

२०७० सालमा पुनरावेदन अदालत पाटनले मनाङेलाई चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैदको सजाय सुनाएको थियो। २०६१ सालमा चक्रे मिलनमाथि भएको उक्त आक्रमणमा मनाङेसहित उनका समूहका केही युवाहरूमाथि मुद्दा चलाइएको थियो।

यो फैसलासँगै मनाङेलाई तत्काल ५ वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ। लामो समयसम्म विवादास्पद रहेका मनाङेले अदालतको यो फैसलापछि आफ्नो राजनीतिक करियर र व्यक्तिगत जीवनमा थप चुनौती सामना गर्नुपर्नेछ।



  • Jigyasa media

थप