Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

खोटाङमा भीषण दुर्घटना: बोलबम मेलाबाट फर्किँदै गर्दा माइक्रोबस खस्दा १ को मृत्यु, ६ गम्भीर

  •   ९ महिना अघि | १९ साउन २०८२, सोमवार

काठमाडौं, साउन १९ ।

विश्वप्रसिद्ध त्रिधार्मिक तीर्थस्थल हलेसीबाट बोलबम मेला भरेर फर्किरहेका यात्रु सवार माइक्रोबस खोटाङमा दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ भने ६ जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन्, जसमा आठ जनाको अवस्था सामान्य रहेको जनाइएको छ। गम्भीर घाइतेमध्ये केहीलाई हेलिकप्टरमार्फत र केहीलाई एम्बुलेन्सबाट काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको हो।

२०० मिटर तल खसेको माइक्रोबस

प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस हलेसी मन्दिर दर्शन गरेर सिराहा फर्किंदै गर्दा सोमबार बिहान ८ बजेतिर जयराम–हलेसी सडकखण्डको डौँठेखोला नजिकै कदुवामा दुर्घटनामा परेको हो। माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले जनाएका छन्।

माइक्रोबसमा १६ जना यात्रु सवार थिए। स्थानीय र प्रहरीको सहकार्यमा घाइतेहरूको उद्धार गरिएको र उपचारका लागि प्राथमिक स्वास्थ्य सेवा केन्द्र घुर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतीक विष्टले जानकारी दिए।

जङ्गल र बुट्यानले मानवीय क्षति कम

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष कमल गिरीका अनुसार माइक्रोबस दुर्घटना भएको क्षेत्रमा घना बुट्यान र झाडी भएकाले अझ ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। यद्यपि गम्भीर घाइतेहरूको संख्या उच्च भएकाले उपचारका लागि तुरुन्तै काठमाडौँ ट्रमा सेन्टर पठाइएको हो।

मृतकको पहिचान खुल्न बाँकी

दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि तयारी गरिएको छ भने अन्य घाइतेहरूलाई आवश्यक उपचार दिइँदैछ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बोलबम मेला: आस्थाको यात्रा दुःखद मोडमा

हलेसी हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो। साउन महिनाभर लाग्ने बोलबम मेलामा सहभागी दर्शनार्थी निजी तथा भाडाका गाडी रिजर्भ गरेर आउने गरेका छन्। यस वर्षको मेला भर्न आएका श्रद्धालुहरू सोमबारको दुर्घटनामा परेका हुन्।

  • Jigyasanepal

थप