Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

विपन्न विद्यार्थीलाई सरकारले छात्रवृत्ति उपलब्ध गराउँदै, अनुगमन प्रक्रिया सुरु

  •   २ वर्ष अघि | २१ भदौ २०८१, शुक्रबार

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउन अनुदान रकम वितरण गरेको छ। स्थानीय तहहरूमा विद्यार्थीहरूले छात्रवृत्ति पाएको सुनिश्चित गर्न सरकारले अब अनुगमन गर्ने तयारी गरेको छ।

कक्षा ६ देखि १० सम्मका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ हजार रुपैयाँ र विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूका लागि वार्षिक २४ हजार रुपैयाँ छात्रवृत्तिका रूपमा प्रदान गरिएको छ। यो योजनाका लागि सरकारले कुल ६० करोड रुपैयाँ अनुदान विनियोजन गरेको छ।

साथै, दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीहरूलाई प्रति विद्यार्थी १ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्ति प्रदान गरिएको छ। यस योजनाले देशभरका १५ लाख ५० हजार विद्यार्थीहरूलाई लाभान्वित गर्ने लक्ष्य राखेको छ, जसका लागि ५९ करोड रुपैयाँको रकम छुट्याइएको छ।

अति विकट हिमाली जिल्लाका विद्यार्थी, शैक्षिक रूपमा पछि परेका समुदाय लगायत ७ वटा लक्षित समूहका ११ हजार ४ सय विद्यार्थीहरूको लागि मासिक ५ हजार रुपैयाँ आवासीय छात्रवृत्ति प्रदान गरिएको छ। 

छात्रवृत्तिको लागि ससर्त अनुदान रकम प्रत्येक स्थानीय तहलाई विद्यार्थी संख्या अनुसार हस्तान्तरण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। यस सम्बन्धी थप जानकारी र कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।


  • Jigyasa media

थप