Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बान्नीगढी जयगढ बजारमा आगलागी : पानीको अभावले नियन्त्रणमा कठिनाइ

  •   २ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

अछाम, चैत २७ – बान्नीगढी जयगढ गाउँपालिका–३ स्थित जयगढ बजारमा मंगलबार साँझ भएको आगलागी अहिले बुधबार बिहान सम्म पनि अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन।

स्थानीय तारामान खड्काका अनुसार आगो निभाउने कार्यमा सबभन्दा ठूलो चुनौती पानीको अभाव बनेको छ। साँघुरा गल्लीहरू र दमकलमा प्रयाप्त पानी नहुनुले आगो नियन्त्रणमा कठिनाइ भएको बताइएको छ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ। प्रारम्भिक जानकारीअनुसार एक सार्वजनिक सभाहलसहित, दुईवटा सुनचाँदी पसल, एक मोबाइल पसल, एक भाँडा पसल र चार किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामले दिएको विवरण अनुसार, आगलागीबाट कालु सुनार र किस्मत सुनाको सुनचाँदी पसल, रतन साउदको आवासीय घर, हिमाल साउदको मोबाइल पसल, रति साउदको भाँडा पसल, साथै रामबहादुर रावत, मञ्जु साउद र गोकुल साउदको किराना पसल पूर्णरूपमा क्षति पुगेको छ।

अहिलेसम्म मानवीय क्षतिको विवरण भने आएको छैन। आगलागीको कारण खुल्न बाँकी छ।




  • Jigyasa media

थप