Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बोलेरोको ठक्करबाट दिदीबहिनीको मृत्यु, बहिनीको शव सडकमै राखियो

  •   २ वर्ष अघि | २२ फाल्गुन २०८१, बिहिबार

गाईघाट, उदयपुर – गाईघाटको त्रियुगा नगरपालिका क्षेत्रमा बिहीबार साँझ बोलेरोको ठक्करबाट दिदीबहिनीको ज्यान गएको छ। घटनामा १२ वर्षकी देवकुमारी दास र १४ वर्षकी अनुकुमारी दासको मृत्यु भएको हो।

प्रारम्भिक जानकारी अनुसार, बोलेरोको ठक्कर पछि दुवै बच्चा घटनास्थलमै मृत्यु भएका थिए। बोलेरो गाईघाटस्थित हिमशिखर फर्निचरको थियो र सवारीको ठक्करबाट दिदीबहिनीका शव घटनास्थलमा फैलिएका थिए।

उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार, मृतक दिदीबहिनीहरू सप्तरीको राजविराजका ललन दासका छोरीहरू थिए, जो हाल गाईघाटमा डेरा गरी बस्दै थिए।

घटनामा अनुकुमारीको शव जिल्ला अस्पतालमा राखिएको छ भने देवकुमारीको शव भने सडकमै रहेको छ, र स्थानीयहरूले शव उठाउन अनुमति दिएका छैनन्।

सवारी चालक १८ वर्षका निर्जल कटुवाललाई प्रहरीले पक्राउ

गरेको छ।


  • Jigyasa media

थप