Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रवि लामिछानेको मोबाइल फरेन्सिक परीक्षणका लागि पठाइयो

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

काठमाडौं - सूर्यदर्शन सहकारी प्रकरणमा अनियमितता गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल प्रहरीद्वारा फरेन्सिक परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको छ। कास्की जिल्ला प्रहरी कार्यालयले मोबाइलमा भएका डिलिटेड डेटा रिकभर गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको फरेन्सिक ल्याबमा पठाएको हो।

प्रहरीका अनुसार यस परीक्षणले लामिछानेको मोबाइलबाट डिलिट गरिएका इमेलसहित अन्य विवरण पुन: प्राप्त गर्नेछ, जसले अनुसन्धानलाई थप सघाउने अपेक्षा गरिएको छ। कास्कीका एक प्रहरी अधिकृतले फरेन्सिक जाँच नियमित अनुसन्धान प्रक्रियामा रहेको भन्दै यसबाट नयाँ प्रमाण पत्ता लाग्न सक्ने बताएका छन्।

लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा थप अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको थियो। यो म्याद तिहार बिदासम्म लम्ब्याउने तयारी गरिँदैछ, र अदालत खुल्ने दिन लामिछानेलाई पुनः उपस्थित गराउने योजना छ। उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी कास्की लगिएको थियो।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम दुरुपयोग गरिएको आरोपमा असोज १६ मा पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो। पीडितहरूले लामिछानेसहित अन्य १८ जनाविरुद्ध माघ २२ मा पूरक जाहेरी दिएपछि छानबिन अघि बढाइएको हो। संसदीय छानबिन समितिको सिफारिसपछि लामिछानेलाई कानूनी कारबाही सुरु गरिएको हो।


  • Jigyasa media

थप