Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

काठमाडौं सहित तीन जिल्लामा पाँच शव फेला

  •   २ वर्ष अघि | ८ मंसिर २०८१, शनिबार

काठमाडौं, सिन्धुपाल्चोक र दाङमा गरी पाँच जनाको शव फेला परेको छ। ती घटनाबारे अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

काठमाडौंमा तीन शव भेटियो

काठमाडौंका गोकर्णेश्वर, टोखा र दक्षिणकाली नगरपालिकाका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नरबहादुर राईको शव भेटिएको छ।

टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल अगाडि सुनसरी धरान निवासी ५५ वर्षीय अर्जुनकुमार राई मृत अवस्थामा फेला परेका छन्।

दक्षिणकाली नगरपालिका-६ स्थित सांस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलमा रहेको पानी ट्याङ्की नजिक एक अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको छ। उनको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा एक वृद्धको शव

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोटका ७० वर्षीय टीकाबहादुर विश्वकर्माको शव त्रिपुरासुन्दरी गाउँपालिका-३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा फेला परेको छ।

दाङमा पनि शव भेटियो

दाङको घोराही उपमहानगरपालिका-१२ डाँडागाउँका ५२ वर्षीय बुद्धिराम चौधरीको शव कुलोको छेउमा फेला परेको छ।

प्रहरीका अनुसार पाँच वटै घटनाबारे अनुसन्धान भइरहेको छ। शवको पहिचान, मृत्युको कारण र अन्य विषयमा विस्तृत जानकारी जुटाइँदैछ।


  • Jigyasa media

थप