Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

चिनियाँ राष्ट्रपति सीसँग भेटमा ओलीले उठाए लिपुलेक विवाद

  •   ८ महिना अघि | १४ भदौ २०८२, शनिबार

काठमाडौं । भदौ १४, २०८२

चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको मुद्दा स्पष्ट रूपमा उठाएका छन्।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार, भेटका क्रममा ओलीले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिबारे गम्भीर आपत्ति जनाएका थिए।

भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, ओलीले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने कुनै पनि गतिविधि अस्वीकार्य हुने उल्लेख गर्दै, “सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभाग नेपालकै हुन्” भन्ने अडान दोहोर्याएका हुन्।

ओलीले चीनजस्तो छिमेकी राष्ट्रबाट नेपालको संवेदनशीलता र हितमा स्पष्ट सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेको पनि राईले बताए।

यस्तै, भेटमा दुई नेताबीच नेपाल–चीनबीचको मित्रवत सम्बन्ध, आपसी सहयोग र साझेदारीका नयाँ सम्भावनाहरूबारे छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउन संयन्त्रहरू सक्रिय हुनेमा सहमति जनाएका छन्।

 यस भेटलाई लिपुलेक विवादमा नेपालको अडानलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रष्ट्याउने अवसरका रूपमा लिइएको छ।


  • Jigyasanepal

थप